विद्यालयको दृष्टिकोण गुणस्तरीय शिक्षाका लागि प्रविधिको उच्चतम प्रयोगमा जोड दिँदै अधिकतम सिकाइ उपलब्धि हासिल गर्न उपयुक्त अनुकूलतासहितको वातावरण सिर्जना गर्नु हो।
विद्यालयको मुख्य उद्देश्य शिक्षण–सिकाइ क्रियाकलापलाई थप सुधार गरेर बालबालिकाको सिकाइ उपलब्धि दर अपेक्षित रूपमा वृद्धि गर्नु हो। साथै, आधारभूत र माध्यमिक तहको नतिजामा उल्लेख्य सुधार गर्नु, गुणस्तरीय शिक्षाका लागि स्तरीय र उपयुक्त कक्षा कोठाको अवधारणा लागू गर्नु, र अतिरिक्त क्रियाकलापहरूलाई सिकाइसँग जोड्दै विद्यार्थीहरूको रुचिअनुसार सहभागितामा वृद्धि गर्नु पनि यसको उद्देश्यहरूमा पर्छ।